सर्जन कुमार शाही
पुस २५ मुगु
साविकको रोवा गाविस हालको छायाँनाथ रारा नगरपालिका मुगुका दुई विकट वडामा बिधुत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका १० र ११ वडामा राष्ट्रिय प्रसारण लाईनको बिजुली पुगेको हो ।
छायाँनाथ रारा नगरपालिका मुगुको आर्थिक सहयोगमा तथा गमगाढ बिधुत बितरण केन्द्र गमगढी मुगुको प्राविधक सहयोग एवं सहजिकरणमा छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ का दस गाउँबस्तीमा बिधुत सेवा पुगेको छ ।
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बुधबार एक कार्यक्रमका बिच दुवै वडामा रहेका बिधुतका स्वीच दबाएर छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ का गाउँबस्तीमा विद्युतीकरण भएको औपचारिक उद्घाटन गरेका छन ।
बर्षौ देखि अन्धकारमा बस्न बाध्य भएका स्थानीय लाई बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने नगर प्रमुख भामले बताए । अब बिजुली आयो अन्धकारमा बस्नु पर्दैन, दियालोको भरपर्नु पर्दैन अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन । चुनावी घोषणामा साविकको रोवा गाविस र हालको छायाँनाथ रारा नगरपालिकामा बत्ति पु¥याउने बाचाका साथ बत्ति दुवै वडामा पुगेको नगर प्रमुख भामको भनाई छ ।
छायाँनाथ रारा नगरपालिकाका भित्र ८७ बस्ती मध्ये ८२ बस्तीमा विद्युतीकरण भएको उल्लेख गर्दै अब बाँकी रहेका ५ बस्तीमा यो आर्थिक बर्षमा बिधुत सेवा पु¥याउने लक्ष्यका साथ काम भइरहेको नगर प्रमुख भामले जानकारी दिए ।
छायाँनाथ रारा नगरपालिकाको १ करोड ९३ लाखमा करिब चार बर्षको अर्थक प्रयासले छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ का गाउँबस्तीमा बिधुत सेवा पुगेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुशपती शाहीले बताए । जस बाट छायाँनाथ रारा नगरपालिका वडा नं १० मा ६ सय घरदुरीका २२ सय नागरिक र वडा नं ११ का २ सय ४५ घरदुरीका १४ सय गरी ३ हजार ६ सय नागरिक बिधुत सेवा बाट लाभाविन्त भएका छन ।
नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख साजन.ऐडिले छायाँनाथ रारा नगरपालिकाका अधिकांस बस्तीमा बिधुत सेवा पुगेको बताए । भौगोलिक विकटता केहि समस्या छ । तर स्थानीय सरकार संगको सहजिकरणमा गाउँ गाउँमा बिधुत सेवा पु¥याईने कार्यालय प्रमुख ऐडिले बताए । गमगाढ बिधुत बितरण केन्द्रको पावरहाउसमा रहेका मेसीनको वेरिङ्घमा आएको समस्याका कारण बिधुत सेवा नियमित भएको छैन राष्ट्रिय प्रसारण लाईनमा मर्मतको काम भईरहेकाले सट डाउन लिने गरेका र बेलाबखत बिधुत अवरुध हुने गरेको र बेलुका देखि बिहान सम्म बिधुत नियमित रहेको कार्यालय प्रमुख ऐडिको भनाई छ ।
बर्षौ पछि बिधुत सेवा पुगेपछि स्थानीय खुसी भएका छन । विगतकमा बिधुत सेवा नहुदाँ दुख भोगेका नागरिक बिधुत सेवा पुगेपछी विगतका दुख सम्झदै स्थानीयले खुसी साटेका छन । स्थानीय ठीमु नेपालीका अनुसार बिधुत नहुदाँ दियालोको भरमा उज्यालो गदै आएको बताईन । दियालोले स्वास्थ्यमा समस्या हुने थाहाभएको भएपनी बाध्यताले उज्यालोको लागी दियालोको भर पर्नु पर्ने थियो । अब ति दुखका दिन जानेमा विश्वस्त भएको नेपालीले बताईन ।
अर्का स्थानीय याक्जोल नेपालीले बिधुत सेवा ६६ बर्षको उमेरमा देख्न पाएकोमा खुसीभएको बताए । उनका अनुसार केहि बर्ष पहिला रोवा खोलामा पेल्टेकसेट बाट बिधुत निकालीएको भएपनी दिगो भएन नियमित बिधुत सेवा पाईएन अब राष्टिय प्रसारण लाईनको बिधुत सेवा नियमित हुने र बिधुत सेवा पाउनेमा ढुक्क भएको नेपालीले बताए । बिधुत नहुदाँ बिद्यार्थीहरु लाई घरमा पठन पाठनमा बाधा पुगेको थियो । अब बिजुली आयो अन्धकारमा बस्नु पर्दैन, दियालोको भरमा पढ्नु पर्दैन अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन भन्ने आशामा बिद्याथीहरु रहेका छन ।
उद्धघाटन कार्याक्रममा नगर प्रमुख बिष्णु कुमार भाम, पुर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल,उप प्रमुख ऐश्वर्य मल्ल, निवर्तमान नगर प्रमुख हरिजंङ्घ शाही, लगायत वडा अध्यक्षहरु र स्थानीयहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।





