सर्जन कुमार शाही
मुगु २६ पुस २९८१
छायाँनाथरारा नगरपालिकाकाे समन्वय , युनिसेफ नेपालकाे आर्थिक तथा समाज जागरण केन्द्र ( स्याक )नेपाल काे सहजिकरणमा बृहत् विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन सम्बन्धी दुई दिने शिक्षा तालिम गमगढीमा सम्पन्न भएको छ।
शुक्रबार बाट सन्चालन गरिएकाे यस तालिममा छायाँनाथरारा नगरपालिकाभित्रका १५ ओटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र प्रधानाध्यापकहरू गरि ३० जनाकाे उपस्थिति रहेको स्याक नेपालका शिक्षा अधिकृत नरेन्द्र बहादुर रावलले जानकाररी दिनु भयाे ।
तालिमका क्रममा सहभागीहरूले विद्यालय सुरक्षा, जलवायु परिवर्तन अनुकूलन, बिपत प्रतिकार्य याेजना , नितिगत कुराहरू , जलवायु उत्थानशिल कार्यक्रम, र विद्यालय व्यवस्थापनका विविध पक्षमा जानकारी प्राप्त गरेका छन् ।
तालिमको सहजिकरण महाकाली नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकाया र छायाँनाथरारा नगरपालिकाका शिक्षा स्रोत व्यक्ति बुद्धिबहादुर शाहीले गर्नुभएको थियो।
तालिमको समापन समारोहमा नगरप्रमुख विष्णु कुमार भाम सभाध्यक्ष रहनुभएको उक्त तालिमकाे समािपन कार्यक्रममा नगर प्रमुख भामले तालिमले विद्यालय सुरक्षा र जलवायु अनुकूलनका क्षेत्रमा विद्यालयहरूले ठोस कदम चाल्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
।समापन समाराेहमा सहभागी हरूकाे तर्फबाट महाकाली नमुना माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लाेकेन्द्र बहादुर मल्ल , साेहि बिद्यालयमा शिक्षिका टीका लक्ष्मी हितान लगायतका बक्ताहरूले तालिम बाट सिकेकाे ज्ञान बिद्यालयकाे हितमा प्रयाेग गर्ने प्रतिवद्दता ब्यक्त गर्नु भएकाे थियाे ।
समापन समारोह र तालिम गमगढीस्थित होटल अनुसाटपमा आयोजना गरिएको थियाे ।





