क्षितिज मगर, चितवन/ ‘दाैडदैँ आएर हप्तामा छ सात वटा माेटरसाईकल उठाउँछु’- शिव बाबू अर्यालले पिच उप्किएर ठुला-ठुला खाल्डाखुल्डी बनेका र धुलैधुलाे उडिरहेको सडक छेउमा उभिएर बताए ।

उक्त पिच उप्किएकाे सडक हाे नारायणगढकाे व्यस्त बजार संग जाेड्ने पश्चिम चितवनको बाटाे जुन नारायणगढ देखि करिब २ किलोमिटरमा पर्छ, गैडा चाेक । भरतपुर महानगरपालिका- ४ मा पर्ने याे राेड दश महिना देखि यस्तै अवस्थामा छ ।

दैनिक आआफ्नो कामले मुख्य बजार नारायणगढ आवतजावत गर्ने नारायणी किनारकाे वरिपरि वस्ने पश्चिम चितवनवासीहरु दैनिक सयौंको संख्यामा अटाे, स्कुटर र माेटरसाइकलमा यात्रा गर्ने गर्छन् ।

साथै साे क्षेत्रमा दर्जनौं हाेटल र फ्याक्ट्रीहरु भएको कारण राति पनि सवारीसाधनको आवतजावत भइरहने र राति अझै बढी माेटरसाइकलहरु याे भत्किएको बाटाेमा एक्सिडेन्ट् हुने गरेकाे स्थानीय शिव बाबू अर्याल सुनाउँछन् ।

उक्त राेडकाे विषयमा नागरिक पत्रीका डटकमले जवाफ मागेपछि भरतपुर सडक डिभिजन कार्यलयकाे इन्जिनियर शिला न्याैपाने फिल्डमै आएर अवलोकन गर्नुभयो ।

इन्जिनियर न्याैपानेले भनिन् ‘याे एकदमै प्रथामिकतामा राख्नुपर्ने अवस्था रहेछ २-३ दिनमै पिच गर्नलाई हामी काम सुरु गर्नेछौं’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here