हरि बि.क., बर्दिया,
बाघको आक्रमणबाट बर्दिया मधुवन नगरपालिका वडा नं ७ गँगावस्ती गाउँकी ५१ वर्षिय जुना कुमारी लामिछानेको मृत्यु भएको छ ।
माघ २५ गतेका दिन दिउसो साँढे १२ बजे भारतिय जङ्गल नजिकै रहेको आफ्नो खेतमा आफ्नी जेठानीसँग तोरी उखेल्न गएकी जुना कुमारी लामिछानेलाई अचानक बाघलाई आक्रमण गरेको कुरा मधुवन वडा नं. ७ का वडाध्यक्ष राजेन्द्र हमालज्यूले जानकारी गराउनुभयो ।
भारतिय जङ्गलबाट कवल ५० मिटर मात्र पर रहेका उनीहरु दुवैलाई बाघले आक्रमण गरेको थियो । त्यही क्षेत्रमा रहेका अरुले देखेर होहल्ला गर्दैै आएपछि बाघ पुनः जङ्गलतिर भागेको थियो । यो क्षेत्रमा बाघ आक्रमणको दृष्टिले अत्यन्तै संवदेनशिल मानिन्छ ।
बाघ दिउसै जङ्गल नजिक र खेतहरुमा घुम्दै गरेको देखिने गरेको कुरा स्थानिय भुपेन्द्र विश्वकर्माले जनाए । बाघको यस प्रकारको आक्रणका कारण स्थानियहरु त्रसित भएका छन् र उनीहरुले सरोकारवाला निकायहरुसँग यो समस्याको उचित समाधानको माग गरेका छन् ।





