खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज–१३ निवासी ४१ वर्र्षी हारुन मिँया अन्सारीरहेको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले बताए।

प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री भइरहेको सूचना प्रहरीलाई आएको थियो। सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपूरको टोली उक्त फ्रेस हाउसमा खानतलासीका क्रममा सञ्चालक हारुनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचिरहेको फेला पारेको उनले बताए। प्रहरीले सञ्चालक हारुनसहित खसीको अण्डकोष टाँसिएको १५ केजीको बाख्राको मासुसमेत नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here