हरी बि.क/बर्दिया मधुवनमा बाघको आक्रमणमा फेरि एक जनाको ज्यान गएको छ ।

केही दिनअघि मात्र ५० बर्षिय महिलालाई मुधवन नगरपालिका वडा नं. ७ मा बाघले आक्रमण गरेर मारेको थियो । पुन फाल्गुण ३ गतेका दिन ३ बर्षका अबोध बालक बाघको आक्रमणमा परेका छन् । डुडुवा–५, बाँकेका रियान चलाउने आफ्नो मामाको घरमा आएको बेला साँझ ७ बजे बाघको आक्रमणमा परेका छन् ।

“धारामा चाऊमिन धोएर आमासँगै भित्र घरमा पस्ने क्रममा बाघले आक्रमण ग¥यो । बाबु घरभित्र नपसेपछि हामीले खोज्न थाल्यौ ।” मृतक रियानकी हजुरआमा जमुना कँडेलले हामीलाई बताउनुभयो । “हामीले आक्रमणको कुनै आवाज सुनेनौ । बालक अचानक गायब भएपछि सबै अतालिए खोज्न थाल्यौ । हाम्रो घर भारतिय जङ्गलबाट नजिकै रहेकाले बाघले आक्रमण गरेको शँका लागिरहेको थियो ।” उहाले थप बताउनुभयो ।

बालक एक्कासी हराएपछि खोजतलासी गर्ने क्रममा राती ८ बजे घट्नास्थलबाट २०० मिटर दक्षिणतर्फ एक कृषि फर्ममा बालकलाई मृत अवस्थामा भेट्टाइएको कुरा मधुवन नगरपालिका वडा न. ९ का वडाध्यक्ष हर्क बस्नेतले हामीलाई जानकारी दिनुभयो । साथै उहाँले यो क्षेत्र बाघको आक्रमणको ठुलो जोखिम क्षेत्र बनिरहेकाले यसको उचित समाधान खोजिनुपर्ने कुरा पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here