जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अगाडिको एउटा पाङ्ग्रा बिना नै काठमाडौं आइपुगेको छ । जनकपुरबाट ४ बजेर ४५ मिनेटमा उडेको उक्त जहाज ५ बजेर ६ मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।
६२ यात्रु रहेको जहाज काठमाडौंमा सकुशल अवतरण गरेको हो । अगाडिका दुईमध्ये एक पाङ्ग्रा हराएको भेटिएपछि सोधखोज गर्दा उक्त पाङ्ग्रा जनकपुरमै छुटेको भेटिएको हो । काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको पाङ्ग्रा भेटिएको थिएन ।
युफोर ५०६ उडान नम्बर भएको उक्त एटिआर जहाजको पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको बताइएको छ ।





