सर्जन कुमार शाही – मुगु
मुगु , मुगु जिल्लाको सोरु गाउँपलिकाकाको शिक्षा शाखा कार्यलयले पालिका स्तरीय बि . एल.ई . ( कक्षा – आठ ) को परिक्षामा ३२ जना परिक्षार्थीहरुलाई परिक्षा हलबाट निष्काशन गरेको हो ।

गाउँपालिकाको शिक्षा शाखा कार्यलय अन्तर्गत परिक्षा अनुगमनमा खटिएको अनुगमन टाेलिले परिक्षा संचालन भएको पहिलो दिन नेपाली बिसयमा परिक्षा दिई रहेका गुरु माध्यमिक विद्यालय भिँई परिक्षा केन्द्रबाट जनज्योति माध्यमिक बिद्यालय नाथर्पु र गुरु माध्यामिक बिद्यालय भिँईका २१ जना परिक्षार्थीहरु र दोस्रो दिन अर्को परिक्षा केन्द्र रारा माध्यमिक बिद्यालय कच्चेबाट सामाजिक बिसयमा परिक्षा दिइरहेका रारा माध्यमिक बिद्यालय कच्चे र बाल जनज्योति माध्यमिक बिद्यालय गिलाहाँका ११ जना गरि जम्मा दुई परिक्षा केन्द्रका ३२ जना परिक्षार्थीहरु परिक्षा हलमा चिट चोरेको कारण निष्काशन गरिएको हो ।

निरन्तर अध्ययनमा बिधालयको कक्षामा समय नदिने ,चिट चोरेकै भरमा पास भईन्छ भन्ने मनसायले परिक्षामा मात्र सामेल हुने प्रबिधिले गर्दा शिक्षाको अवस्था सोरु गाउँपालिकामा खस्किरहेको छ उक्त चिटको भरमा पास भइन्छ भन्ने बिद्यार्थी र अभिभावकको मानसिकतालाई अब आउदा दिनहरूमा बिधालयको पठनपाठनमा निरन्तर सहभागी भएर आफै केही गर्ने उत्साह मिलोस भन्ने हेतुले चिट चोर्नेलाई परिक्षा हलबाट निष्काशन गरिएको सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिरेन्द्र मल्लले बताए ।

शैक्षिक सत्रको सुरुमै बिद्यालयको पठपाठनमा सम्बन्धित निकायहरुले बिधालयहरुमा अनुगमन नगर्ने तर परिक्षा चल्ने समयमा मात्र अनुगमन गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् । अर्को थरिका स्थानीयहरुले भने अब शिक्षा क्षेत्रलाई बलियो बनाउनकोलागी शैक्षिक सत्रको सुरुमै अनुगमन गर्ने र परिक्षामा पनि कडाई गर्दा शिक्षाको क्षेत्र बलियो र थप प्रभावकारी बन्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here