क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशव्यापी अभियान, बाम एकता, र भ्रष्टाचारविरुद्धको संघर्षबारे धारणा सार्वजनिक गरेको छ।
जिल्ला समिति, डडेल्धुराले आज पत्रकार सम्मेलन गर्दै सो बारेमा जानकारी दिएको हो।
पार्टीका पोलिटब्युरो सदस्य लालबहादुर जाग्रीले तीनवटा क्रान्तिकारी धारहरू (मसाल, बहुमत र क्रान्तिकारी ) सँग एकता भइसकेको बताउँदै पार्टी निर्माणमा अगाडि बढिरहेको बताएका छन्।
उनले ५६ जिल्लामा अभियान सञ्चालन भइरहेको जनाउँदै बैशाख १८ गते काठमाडौंमा राष्ट्रिय कार्यक्रम आयोजना गरिने जानकारी दिए।
स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीले २०८० सालको बैशाखमा नेकपा क्रान्तिकारी र बहुमतबीच एकता भएको तथा २०८१ सालको बैशाखमा नेकपा मसालसँग एकता गरिएकाे स्मरण गराउँदै, क्रान्तिकारी शक्तिहरू अझ सशक्त रूपमा एकजुट हुनुपर्ने बताए।





