सर्जन कुमार शाही,
मुगु
मुगु , मध्यपश्चिमाञ्चल विश्व विधालय अन्तर्रगत स्ववियु निर्वाचनमा रारा बहुमुखी क्याम्पस मुगुमा नेपाल बिद्यार्थीसंघ मुगुले अध्यक्षपदमा जित हात पारेको छ । जसमा नेविसंघले महिला नेत्री जयलक्ष्मी रावललाई अध्यक्ष पदको उमेदवार बनाएको थियो ।

चुनावी मैदानमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको साझेदारी थियो स्वतन्त्र उमेदवार र नेपाल बिद्यार्थीसंघ गरेर तिन धारका उमेदवार छुट्टाछुट्टै चुनावी मैदानमा उभिएका थिए ।
चैत्र १८ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा १७२ भोट् मध्य १४५ भोट खसेका थिए जसमा नेविसंघकि महिला नेत्री जयलक्ष्मी रावलले ७३ मत लिएर विजय भएकि थिएन ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीका साझा उमेदवार रविन्द्र मल्लले ४८ भोट प्राप्त गरेका थिए भने स्वतन्त्र तर्फका उमेदवार सुशील मल्लले १७ भोट प्राप्त गरेका थिए ।

अन्य पदमा सामुनापातिक तर्फ उपाध्यक्षमा अनेरास्ववियुबाट बिरेन्द्र बहादुर बुढा सचीवमा अखिल क्रान्तिकारीको तर्फ कोषाध्यक्षमा नेविसंघबाट पन्चादेवी सेजुवाल सचीवमा अखिल क्रान्तिकारीबाट औसरा बुढा , सदस्यमा मनोज शाही , अनेरास्ववियु बाट सदस्यमा रेखा कार्की बिजय भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here