हरि बि.क./बर्दियाा,
मोटरसाइकलको ठक्करबाट गुलरिया नगरपालिका वडा नं. १ गाउँ नम्वर १४ का अन्दाजी ५० वर्षका रँगिलाल थारुको मृत्यु भएको छ ।
उनलाई नेपालगँज राजापुर हुलाकीमार्गमा शनिबार साँझ ८ः१५ को समयमा सुपर स्पील्डर बाइकले ठक्कर दिएको थियो । श्रिमान् – श्रीमती सँगै सडकमा हिँडिरहेका उनीहरुलाई एक्कासी पछाडीबाट तिव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको हाे। ठक्कर दिए लगत्तै बाइक चालक बाईक सहित फरार भएका कारण चालकको पहिचान भने हुन सकेको छैन ।
तर बाइकको केही टुक्राहरु घट्नास्थलमा खसेका कारण बाइक सुपर स्पील्डर हो भन्ने कुरा पहिचान भएको छ । दुर्घटना लगत्तै स्थानिय क्लिनिकमा उनकाे सामान्य उपचार गराइएको थियो । हात, ढाड र टाउको चोट लागेका उनको विहान ४ बजे निधन भएको थियो । उनको मृत्युबाट स्तव्ध बनेको उनको परिवारले दोषीलाई पक्राउ गरि चाँडोभन्दा चाँडो कार्वाहीको माग गरेका छन् । प्रहरीले वरपर रहेका सीसीटिभी फुटेज संकलन गरी दोषी पत्ता लगाउन खाेज अनुसन्धान गरिरहेको छ ।





