चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गर्दा घाइते भएकी छिन् ।

भरतपुर महानगरपालिका १८ जगतचोक बस्ने ४१ वर्षका खेम ओझाले श्रीमती ३० वर्षकी शान्ती ओझालाई दाउराको चिर्पट प्रहार गरी घाइते बनाएका हुन ।

घाइते शान्तीको गुन्जनगर स्वास्थ्य चौकी भुवनबस्तीमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here