पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७, अम्रसा जंगलस्थित भित्री बाटोमा मंगलबार बिहान करिब ६:०० बजे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका तथा ज्यान गुमाएका व्यक्तिहरूको विवरण यसप्रकार छ ।

मनिष घर्ती मगर (२८), बर्दघाट–५ स्थायी घर भई हाल चोरमारामा टायल मार्बल मिस्त्रीको रूपमा कार्यरत उनको बायाँ खुट्टा भाँचिएको र भित्री चोट लागिएको कारण अवस्था गम्भीर भएकोले प्रारम्भिक उपचारपछि बिहान ६:४० बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको हाे ।

त्यस्तै नविन कुमाल (२४), चोरमारा, मध्यविन्दु–७ – भित्री चोटका कारण बिहान ६:३० बजे प्रादेशिक अस्पताल डण्डामा मृत घोषणा गरियो ।

उक्त दुर्घटनामा रादिम मिधुन (२२), ठेगाना नखुलेको – भित्री चोटका कारण उनको पनि बिहान ६:३० बजे डण्डा अस्पतालमा मृत घोषणा गरिएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here