पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के नजिकैकाे सोप्याङ खोलामा मंगलबार भासिएको पुल सञ्चालनमा आएको छ ।

ग्याविन जाली उठाएपछि राति अवेरबाट राजमार्ग सञ्चालनमा आएको हो । नयाँ पुल निर्माणको क्रममा सङ्गै जोडिएको पुरानो पुलको एकापट्टिको भाग भासिएपछि राजमार्ग अवरूद्ध भएको थियो।

पुलको २ मिटर लम्बाई र १ दशमलव ५ मिटर चौडा भाग भासिँदा हिजो दिउँसाे देखि नै यातायात अवरूद्ध भएको थियो । आकस्मिक रूपमा पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैक्लपिक मार्गको रूपमा काठमाडौं तर्फ आउने सवारीले धादीङको गल्छीबाट नुवाकोटको गंगटे हुँदै छहरे टोखाको सडक भएर आउन सक्ने छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here