अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अब अन्त्य भएको बताएका छन्। शनिबार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन् । मस्कसँगको सम्बन्ध अन्त्य भएको हो ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘त्यस्तै हो भन्ने लाग्छ।’

सम्बन्ध सुधार गर्ने चाहना छ ? भनेर सोध्दा उनले जवाफ दिएः छैन । ट्रम्पको यो प्रतिक्रिया मस्कसँगको सार्वजनिक मतभेदपछि आएको हो, जुन सामाजिक सञ्जालमा चर्किएको थियो। मस्कले ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि विवाद चर्किएको छ। यो विधेयक ट्रम्प प्रशासनको मुख्य घरेलु नीति हो।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिँदै मस्क ‘पागल’ भएको टिप्पणी गरे। एक पोस्टमा उनले मस्कको संघीय सरकारसँग भएका ठेक्काहरू काट्ने चेतावनी पनि दिएका छन्।

शनिबार एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘मस्कले राष्ट्रपति कार्यालयलाई सम्मान गर्न सकेनन्। यो एकदमै नराम्रो कुरा हो।’ मस्क, जो संसारकै सबैभन्दा धनी व्यक्ति हुन्, उनले ट्रम्पको चुनाव अभियानमा करिब २५० मिलियन डलर योगदान गरेका थिए। अहिलेको विवादका बेला उनले आगामी मध्यावधि चुनावमा ट्रम्पका विपक्षीहरूलाई समर्थन गर्न सक्ने संकेत दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here