क्षितिज मगर/चितवन
भरतपुर महानगरपालिका -४ अन्तर्गत पर्ने गैँडाचाेककाे खाल्डाखुल्डी कालाेपत्रे हुने भएको छ । उक्त स्थानमा सडक खाल्डाखुल्डी परेको करिब १४ महिना भैसकेको छ । स्थानीयकाे भनाइ अनुसार उक्त खाल्डाखुल्डी काे कारण दर्जनौं दुई पाङ्ग्रे सवारीसाधनहरु दुर्घटना परिसकेको छ ।

साेहि चाेक काे सडक प्रयोग गरेर दैनिक दर्जनौं टिप्फरहरु नारायणी तिर बाट नदिजन्य वस्तुहरु बालुवा, गिट्टी र ढुङ्गा लिएर निस्कन्छन् ।
उक्त सडकको दुराअवस्थाकाे कारण सर्वसाधारणहरुले सास्ती भाेगीरहेकाे जानकारी सडक विभाग भरतपुरलाई बताएपछि सडक विभागले निरिक्षकाे लागि इन्जिनियर सिला न्याैपानेलाई पठाएका थिए ।

सडकको अवस्था र निर्माणकार्यकाे जिम्मा पनि भर्खरै भरतपुर महानगरपालिकाले सडक विभागलाई नै दिएकाले तत्कालै पहलकदम चाल्ने बताए पनि स्थलगत निरिक्षण गरेको करिब ३ महिना बितिसक्दा पनि निर्माणकार्य नभएपछि ढिलासुस्तीकाे कारणबारे नागरिक पत्रीका डट कमले जवाफ माग्दा इन्जिनियर न्याैपानेले निर्माण कम्पनी सँग कन्ट्याक्ट् काे लागि पहल गर्दा समय लागेको र उक्त सडकखण्ड निर्माणकाे लागि भर्खरै बिएमआर कन्ट्रक्सनलाई जिम्मा दिएको उनले नागरिक पत्रीका सँग बताइन् ।
निर्माणकार्य कहिलेदेखि सुरु हुन्छ भन्ने तीन महिना पछिकाे फलाेअप प्रश्नमा अब करिब दुइहप्ता जति लाग्ने उनले जानकारी दिइन् ।
साे सडककाे खाल्डाखुल्डी मा पिच गर्ने प्रक्रिया अन्तर्गत गत हप्ता विभागले ग्रावेल गरेका थिए भने बुधबार पिचकाे लागि तयारी गरेका छन् ।





