काठमाडौं । द काठमाडौँ पोस्टको अनुसार ७००० नेपालीहरू इज्रेलमा छन्। यीमध्ये प्रायजसो केयर गिभरको काममा महिला कामदारहरू छन्।
केही दिन एता इजरेल र इरान बीच बढ्दो तनावको कारण एकआपसमा बमबारी, ड्रोन र क्षेप्यास्त्र प्रहारको कारण दिनदिनै तनावग्रस्त अवस्था सिर्जना भइरहेको छ । यसैबीच दुवै देशको नागरिक र सैनिकहरू हताहत हुने क्रम बढ्दो छ ।
अहिलेसम्म इरान तर्फ २२४ जना काे मृत्यु भएका छन् भने १४८१ जना घाइते घाइते भएका छन् त्यसैगरी इजरायलतर्फ ७० ७० जनाको मृत्यु र ३८० जना घाइते भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार इरानमा १२ जना नेपालीहरु रहेको जनाएको छ । हिजाे मात्रै परराष्ट्र मन्त्री माननीय डा. आरजुराणा देउवाले विज्ञप्ति जारी गर्दै इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएकी छन्।
साथै इरान र इजरायलमा रहेका नेपालीहरू सबैजना सुरक्षित रहेको पनि उनले जानकारी दिएकी छिन्।
उता इजराइलमा रहेका नेपालीहरूले भने आफूहरू बंकरभित्र रहेको र बाहिर लगातार रुपमा ड्रोन र मिसाइलहरु हमला भइरहेको भिडियोहरु सामाजिक सञ्जालमा राख्दै हामी असुरक्षित रहेको र डराइरहेको भन्ने भिडियोहरु सामाजिक सञ्जालहरुमा पाेष्ट गरेका छन् ।
यसैबीच विराटनगरका मेयर नागेस काेइराला कृषि अनुसन्धानको सिलसिलामा इजराएल पुगेको र युद्ध सुरु भइसकेपछि उतै फसेको उनले बिबिसी संग जनाएको छ। उनले भनेका छन् वैकल्पिक उपाय पाए म नेपाल फर्कन चहान्छु । उता दुई देश बीच युद्ध सुरु भइसकेपछि इजरायलले सबै हवाई उडान समेत बन्द गरेका छन्।





