क्षितिज मगर/चितवन,

३२ कराेड नहुँदा लाइफ लाइनकाे रुपमा परिचित नारायणगढ-मुग्लिन सडक अन्तर्गत पर्ने २६ किलो भनिने स्थानमा भासिएको सडक याे चालु आर्थिक वर्षमा नबन्ने भएको छ ।
याे क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ ।

गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो । सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३.५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ । अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताए ।
लामिछाने भन्छन्- ‘चालु आर्थिक वर्षमा बजेट सुनिश्चित हुन नसक्दा काम हुन नसकेको हो ।

वर्षाले कालोपत्र तलको माटोको भागलाई बगाएर खोक्रो बनाएपछि सडक भासिएको हो । अठारदेखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने उनले बताए । सोहीअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेस गरिएको छ । गत माघमा डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताका पेस गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसकेको उनले बताए ।

भासिएको भाग मर्मत गर्न रु ३२ करोड लाग्ने अनुमान गरिएको छ । हाल सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथामका काम गरिएको छ । यो सडक हुँदै राजधानी काठमाडौँ र पोखरातर्फ दैनिक १० हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुन्छन् ।

एकतर्फी मात्रै ट्रयाक खाेलिएकाे साे स्थानमा २-५ मिनेट जाम हुँदा दर्जनौं सवारीसाधनहरु राेकिने गर्दछन्।

भिडियो लिङ्कमा

https://www.facebook.com/share/v/1ADgk1pVh1/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here