सर्जन कुमार शाही
मुगु,
मुगु , मुगु जिल्लाका चार वटा स्थानीय तहहरु मध्ये छायाँनाथ रारा नगरपालिकाले मुगु जिल्लामा सक्रिय पत्रकारिता गरिरहेका पत्रकार महासंघ मुगु शाखामा आवद्ध पत्रकारहरुलाई यो आर्थिक वर्षदेखि नै लागु हुने गरि जीवन सुरक्षाका लागि जोखिम जीवन बिमा निति कार्यक्रम ल्याउने भएको छ ।
छायाँनाथ रारा नगरपालिका मुगुको १७ औं नगर अधिवेशन (बजेट सभा ) कार्यक्रममा नगर सभाले तयार गरेको निति तथा कार्यक्रको बुदा नं . ९ मा सुचना तथा संचार निति कार्यक्रमको उपबुदा ३ मा जिल्लामा क्रियासिल पत्रकारहरुलाई सुरक्षा जोखिम जीवन बिमा बनाउने निति ल्याएको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णु कुमार भामले उक्त नितिलाई वाचन गरेर बताए ।
छायाँनाथ रारा नगरपालिकाले जिल्लामा रहेर काम गरिरहेका पत्रकारलाई पत्रकारिताका लागी सञ्चारमैत्री कार्यक्रम , क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता , पत्रकारलाई अन्य जिल्ला भ्रमण र नगरपालिकामा कार्यक्षेत्र बनाई संचालनमा आएका सामुदायिक रेडियो , स्थानीय पत्रपत्रिका र अनलाइनजरुलाई संस्थागत बिकासका लागी अनुदार प्रदान गर्ने निति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख भामले बताए ।
यस्तो निति पत्रकारहरुका लागी अति महत्त्वपुर्ण रहेको छ जुन आज बढदो उत्तेजनानाको संसारमा सञ्चार क्षेत्रमा धेरै पत्रकारहरुले जोखिम मोल्न परेको छ यो निति सान्दर्भिक छ जुन नितिलाई कार्यान्वयन गरि बजेट विनियोजन गरि यसै आर्थिक वर्षमा पारित गर्न सके प्रभावकारी हुने बजेटमा सहभागी नभए नितिमै सिमित रहने जिल्ला पत्रकार मुगु शाखाको भनाइ रहेको छ ।
प्रस्तुत नीति तथा कार्यक्रम अनुसार नगरपालिकाका प्रमुख प्राथमिकताका क्षेत्रहरुमा सुधारिएका सडक,कृषि यान्त्रिकरण र व्यवसायिकरण,शिक्षा क्षेत्रको गुणात्मक सुधार,गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा,सुचना तथा प्रविधिको विकास,उधम र रोजगारिको अवशर,विपत व्यवस्थापन,पर्यटक प्रवर्द्धनमा जोड,खानेपानी तथा सरसफाइ,लैङ्िगक तथा सामाजिक समावेशिकरण र खेलकुद गतिविधी रहेको बताइएको छ ।
विगत वर्षहरु कै धेरै नीति तथा कार्यक्रमहरुलाइ निरन्तरता दिइएको भएपनी भुमी बैक स्थापना,सुनौलो शुक्रबार,उपप्रमुख एकल महिला कार्यक्रम,एक रात गमगढी बास,महिनाको एक दिन शैक्षिक बहस,खुल्ला मन्च रंगशाला निमाण,१० शैयाको नगर अस्पताल संचालन,स्थानिय संचार माध्यमलाइ अनुदान,आगलागी नियन्त्रणका लागि दमकल खरिद जस्ता नीति तथा कार्यक्रम प्रस्तुत नीति तथा कार्यक्रममा नयाँ आएका छन ।





