साउन २६ मुुगुु
नेपाल प्रेस युनियन मुुगुु शाखाको सदस्यता नविरकरण तथा नयाँ सदस्यता वितरण अभियान सुुरु भएको छ ।
सोमबार एक औपचारिक कार्यक्रमको आयोजनागरी नेपाल प्रेस युनियनको १०० दिने सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियानको शुभारम्भ गरिएको हो ।
अभियान नेपाल प्रेस युनियन केन्द्रिय कार्य समितिको निर्देशनअनुसार साउन १५ गतेदेखि कार्तिक २१ गतेसम्म देशव्यापी रूपमा सञ्चालन भएको छ । त्यसै अनूूरुप नेपाल प्रेस युुनियन मुुगुु शाखाले १०० दिने सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियानको शुभारम्भ गरेको नेपाल प्रेस युनियन मुुगुु शाखाका अध्यक्ष नन्द बहादुर रोकायाले जानकारी दिए ।
मुगु शाखाले केन्द्रको सर्कुलर अनुसार सदस्यता सम्बन्धी कार्यलाई तीव्रता दिन सदस्यता अभियान सुुरुगरी जिल्लाका क्रियाशील पत्रकारहरूलाई समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष रोकायाले बताए । उनका अनुुसार यो अभियानलाई उत्साहपूर्वक सञ्चालन गर्नेछौं । सदस्यता नवीकरणसहित नयाँ पत्रकारहरूलाई युनियनमा समावेश गर्दै संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने छौ । सदस्यता अभियानले जिल्लाभित्र पत्रकारहरूको पहिचान र सहभागिता सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुका साथै उनले आगामी दिनमा पत्रकारहरूको सीप विकास, सुरक्षा र अधिकारका सवालमा युनियन थप जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विनोद कुमार मल्लले सदस्यता अभियानले संगठनलाई बलियो बनाउने उल्लेख गर्दै भने,पत्रकारिता पेसा सम्मानित र उत्तरदायी क्षेत्र हो । यसको संस्थागत विकासका लागि हामी सबैले संगठनभित्र समेटिनु जरुरी छ । उनले स्थानीय स्तरमा नेपाल प्रेस युनियनले पत्रकारहरूको हक, अधिकार र सुरक्षाको सवालमा युनियनले खेलेको भूमिकाको प्रशंसा गर्दै भने,मुगुजस्तो विकट जिल्लामा पत्रकारिता गर्नुभएका साथीहरूको योगदान सराहनीय छ ।
यस्ता अभियानले तपाईंहरूको आवाज केन्द्रसम्म पुर्याउन सहयोग पुर्याउँछ । कार्यक्रममा विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागिहरूले युनियनको अभियानमा सक्रियरूपमा संलग्न हुने प्रतिबद्धता जनाएका छन । सोमबार शुभारम्भ कार्यक्रमै नन्द राज तिरुवाले नेपाल प्रेस युनियनको नयाँ सदस्यता लिएका छन् सविना रावलले सदस्यता नवीकरण गरेकी हुन् ।
यसैबीच कार्यक्रममा नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा मनोनित हुुनुुभएका केन्द्रिय सदस्य विनोद कुमार मल्ल लाई प्रेस युुनियन मुुगुु शाखाको तर्फ बाट धन्यवाद ज्ञापन समेत गरीएको छ ।





