मिलन प्रजा, असार ७ गते
भरतपुर, चितवन,
भरतपुर चितवन वडा नम्बर १६ को सम्झना टोलमा अवस्थित हुकुम अछामिकको घर बाहिर १६ वटा मौरीको घार देख्दा अचम्म लाग्न सक्छ। हुकुम अछामिकाे भनाई अनुसार यो व्यवसाय सुरु गर्नुभएको लगभग २० वर्ष भैसकेको छ ।
अछामिले भन्नुभयो ‘मौरी पालनको व्यवसाय जो कोही व्यक्तिले सजिलै गर्न सक्दैनन्, यसको लागि पहिलेदेखि नै यस विषयमा ज्ञान र अनुभव भएको हुनुपर्छ।” हाल नेपालमा मौरीपालन व्यवसाय फस्टाएको देखिन्छ। उहाँको अनुसार उनकाे फार्म बाट नेपालको विभिन्न ठाउँहरुमा महहरु पुर्याउने गर्नुहुन्छ। जस्तै- दोलखा, गोरखा, रोल्पा र काठमाडौँ सम्म महहरु पुर्याउने गर्नुहुन्छ।
विशेषगरी मौरीहरूलाई फुलहरूको रसको जरुरत पर्दछ। मौरीहरूले धेरैजसो चिउरीको रस र तोरीको फूलहरूबाट रस संकलन गर्ने गर्छन्। माैरी चराउने क्रममा उनको अनुभव अनुसार मकवानपुरको राक्सिराङ गाउँपालिका अवस्थित जङ्गलमा धेरै चिउरीका रुखहरु छन् । त्यसैले उहाँ आफ्नो मौरीहरूलाई उक्त जङ्गलमा चराउन लाने गर्नुहुन्थ्याे तर त्यहाँका स्थायी बासिन्दा र वनजङ्गल समितिका प्रमुखले अनुमति नदिएको दुखेसो पाेख्नुभयाे । मौरीको जम्मा उमेर ६० दिन मात्र हुन्छ त्यहीमाथि पनि कति मौरीहरु बिरामी भएर मर्छन्। सबैभन्दा चर्चामा आउने बिरामी माइट र ब्रुडो हो भन्ने विषयमा उनले बताए ।
आम्दानीको कुरा गर्ने हो भने उहाँले आफ्नो फार्मकाे महहरु मात्र बेचेर वर्षमा १२ लाख आम्दानी हुने बताए जुन आम्दानी हाम्रो नेपालको सरकारी सचिवभन्दा ज्यादा हो।
उहाँ भन्नुहुन्छ कतिपय किसानहरू मौरी चराउन अनुमति दिँदैनन्। तर यसमा फाइदा भने किसानहरूको नै हुन्छ। किनकि मौरीले तोरी लगायत अरु बोटबिरुवालाई पनि परागषेचनमा पनि मद्दत गर्छ।
नेपालबाट खान लाउनकाे लागि विदेशीनु आवश्यक पर्दैन मिहिनेत गर्ने हाे भने आफ्नै देशमा बसेर लाखौं कमाउन सक्छौ जुन हाम्रो सरकारी प्रमुख सचिवभन्दा ज्यादा हो भन्ने उदारहण माैरी पालक हुकुम अछामीले दिएका छन् ।





