सर्जन कुमार शाही – मुगु
मुगु ,चुवाखोला खार्पुनाथ पक्की पुल निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आएपछि हुम्ला , मुगु जोड्न  दोमुख लैजानको लागि सोरु गाउँपालिकाको आर्थिक सहयोगमा वैकल्पिक रूपमा प्रयोग गर्न बेलिब्रिज लैजान स्वीकृति प्रदान गरिएको छ ।

सडक विभागका महानिर्देशक विजय जैसीद्वारा हस्ताक्षरित टिप्पणी तथा आदेश अनुसार, भौतिक पूर्वाधार विकास मन्त्रालयको २०८३/०४/२० गतेको सहमति बमोजिम उक्त निर्णय गरिएको हो।
आदेशमा चुवाखोला–खार्पुनाथ पुलबाट यातायात सञ्चालन भएपछि त्यहाँ प्रयोग भइरहेको बेलिब्रिजलाई सोरु गाउँपालिकाले जडान तथा अन्य आवश्यक खर्च व्यहोर्ने गरी वैकल्पिक रूपमा कर्णाली नदीको पुल निर्माण/व्यवस्थापनका लागि लैजान स्वीकृति प्रदान गरिएको उल्लेख छ।

यस निर्णयसँगै सोरु गाउँपालिका जोडने दोमुख कर्णाली बेलि ब्रीज बन्दा आवतजावत गर्न  सहज बन्ने भएकाले वैकल्पिक पुलको व्यवस्था हुने भए पछि स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । विशेषगरी वर्षायाममा नदीका कारण आवतजावतमा समस्या भोग्दै आएका स्थानीयका लागि बेलिब्रिज व्यवस्थापन महत्वपूर्ण हुने देखिएको छ ।

सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीका अनुसार यो दोमुख बेलिब्रीज बनाउनको लागी धेरै पटक बजेट ल्याईयो तर निर्माण कम्पनीको लापरबाहीले बन्न सकेन अब वैकल्पिक उपाय गरेर भए पनि हुम्ला मुगु जोडनु पर्छ भनेर मैले यो हुम्लाको पुल तल सार्नको लागी अथक प्रयास गरेँ अन्ततः पुर्वधार विकास मन्त्रालयले स्वीकृत गरेको छ ।

छिटो भन्दा छिटो सोरु गाउँपालिकाले बजेटको व्यवस्थापन गरेर युक्त ब्रीजको सामान दोमुख सारेर बैकल्पिक बेलिब्रीज निमार्ण कार्य सयमा नै गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here