नेपालमा भारतबाट धुलो मिसिएको वायु प्रवेश,नेपालाई झन् खतरा।

नेपालको वायुमण्डलमा बुधबार केही सुधारका साथ काठमाडौंलगायतका उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढे पनि तुवाँलो झन् बढ्ने खतरा रहेको मौसमविद्हरुले बताएका छन् ।

मौसमविद्हरुका अनुसार बुधबार देशभर मौसममका केही सुधार देखिए पनि भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेकाले थप असर पर्नेछ । भारतबाट प्रवेश गरेको धुलो मिसिएको हावा देशको पश्चिमी र पूर्वी क्षेत्रमा देखिएको र बिहीबारफेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

 

बुधबार भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज भएको तर, बिहीबार वायुमण्डल पूरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

अहिले पूर्वमा इलाम र रौतहटसम्म तुवाँलो बढिरहेको छ । बिस्तारै फैलिँदै गएको तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर बिहीबार देखिने मौसमविद्हरुको भनाइ छ ।

पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि शनिबारसम्म पानी पर्ने सम्भावना नरहेको मौसविद बताउछन् । तल्लो वायुमण्डल र जमिनको सतह नजिक फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना तीन दिनसम्म रहेको मौसविद्ले बताएका छन् ।

बुधबार प्रदेश १, वाग्मती र गण्डकी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button