ज्यान जान सक्छ: कोभिड निको भइसकेकोले ध्यान दिनुपर्ने कुरा।

तपाइँमध्ये कतिले आफ्ना आफन्त वा साथीभाइसँग पछिल्ला केही दिनदेखि यस्ता प्रश्न राख्दै आउनुभएको होला। हो, धेरैजसोले कोरोनाविरुद्धको लडाइँ जितिसके तर यसबाट मुक्ति भने अझै प्राप्त भइसकेको छैन।
कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन्। कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला। कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको सुन्न र देख्न पाइन्छ।

चिकित्सकहरुका अनुसार पोस्ट कोडिभ केयर अर्थात कोरोनाबाट मुक्त भएपछि पनि स्वास्थ्यको ख्याल उति नै आवश्यक हुन्छ। हप्तौँ वा महिनौँसम्म पनि सतर्कता अपनाउन आवश्यक हुन्छ। नत्र सानो लापरबाहीले पनि ठूलो समस्या निम्याउन सक्छ।
शरीरमा कोभिडको असर
धेरैजसो मानिसले कोभिडलाई सामान्य रुघाखोजीजस्तै बिरामी ठान्छन्। यसले केवल फोक्सोमा मात्र असर गर्ने सम्झिन्छन्। तर त्यस्तो होइन।
कोभिड नयाँ संक्रमण हो। यसले शरीरका अन्य कुन–कुन अंगमा असर गर्छ भन्ने कुरा विस्तारै–विस्तारै बाहिर आइरहेका छन्। यसले मानिसको मुटु, दिमाग, मांसपेसी, धमिनी र नसा, रगत, आँखाजस्ता शरीरका अन्य अंगमा पनि असर गर्छ भन्ने कुरा पत्ता लागिसकेको छ। यही कारणले हृदयघात, डिप्रेसन, थकान, शारीरिक दुःखाइजस्ता समस्याको सामना संक्रमणमुक्त भएकाहरुले गरिरहेका छन्।