नेपालटारमा मोटरसाइकल दुर्घटना, ३० वर्षीय युवकको मृत्यु

काठमाडौंमा सोमबार राति मोटरसाइकल पल्टिँदा एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार राति पौने ९ बजेतिर वाग्मती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल काठमाडौंको नेपालटारमा पल्टिएको हो।

दुर्घटनामा त्यसमा सवार रसुवाका ३० वर्षीय सन्तोष तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचार गर्दागर्दै राति राति १० बजे उनको मृत्यु भएको हो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button