मुस्ताङको सेकुङ तालमा डुबेर एक युवाको मृत्यु

समुन्द्री सतह देखि करिव २७ सय मिटरको अग्लो उचाईमा अवस्थित हिमाली जिल्ला मुस्ताङको सेकुङ तालमा पौडी खेल्ने क्रममा मंगलबार तालमा डुबेर एक युवाको मंगलबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनसार अन्नपूर्ण गाउँपालिका—१ दोवा बस्ने वर्ष २३ का रमेश पुनको मुस्ताङको थासाङ गाउपालिका—२ सेकुङ तालमा पौडी खेल्ने क्रममा मंगलबार अन्दाजी साँझ ४ बजे डुबेर मृत्यु भएको हो ।

गर्मीयामको मौसममा म्याग्दीबाट भेडी गोठ सार्दै भेडा चराउदै मुस्ताङको थासाङ लेंक आईपुगेका ति युवा मंगलबार सेकुङ तालमा पौडी खेल्न पुगेको प्रहरीले जनाएको छ । सामान्य स्तरको गहिराई रहेको एकान्तमय धौलागिरि बेस क्याम्पको काखमा अवस्थित सेकुङ तालमा डुबेर युवाको मृत्यु भएको हो ।

घटनाको भोलीपल्ट बुधबार स्थानीयले तालमा डुबेको देखेपछि प्रहरीलाई खबर गरिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले युवाको शव तालबाट झिकेर जिल्ला अस्पताल जोमसोममा पोस्टमार्टमका लागि ल्याईएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जिप्रका मुस्ताङले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button