राउटे बस्तीमा मानवअधिकार आयोगको टोली।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका मानव अधिकार अधिकृत धनराज शाही नेतृत्वको तीन सदस्य टोलीले रा’उट’को हाल’को अवस्थाबारे जानकारी लिएको छ ।
प्रमुख जिल्ला अघिकारी सुर्खेतको छविलाल रिजालले राउटे समुदायका युवतीहरुमा भएको घटनापछि उनीहरुको सुरक्षाका लागि अन्य व्यक्तिलाई उक्त बस्तिमा जान रोक लगाएको उनले बताए ।
राउटे बस्तीमा बाहिरको व्यक्तिलाई जान नदिने र राउटे समुदायका युवायुवतीहरुलाई पनि जथाभावी हिड्न नदिने गरी सुरक्षाकर्मी समेत खटाइएको उनले जानकारी दिए ।
उनीहरुलाई निगरानी गर्नको लागि २२ जना प्रहरी खटाइएको उनले बताए । पछिल्लो केही समयदेखि राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्। सोमबार विहानदेखि नै उक्त समुदायमा अन्य व्यक्तिहरुलाई प्रवेश गर्न रोक लगाएको रिजालले जानकारी दिए ।
राउटेहरुको आफ्नै नियम कानुन हुने र त्यो निकै कडा हुने भएकाले युवतीहरुको ज्यान जोखिममा परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।




