“डोनल्ड ट्रम्प” गीत गाउंदै कुल्फी बेचिरहेका छन्।

विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस समेत रातारात सेलिब्रिटी बनेका छन् ।

यस्तै घटना भएको छ पाकिस्तानमा । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको जस्तै अनुहार भएको एक जना पाकिस्तानी भेटिए । निकै सुन्दर स्वरमा गाउन समेत सक्ने क्षमता उनको छ । पेशाको रुपमा कुल्फी व्यापारी ती व्यक्ति गीत गाएरै आफ्नो कुल्फी बेच्ने गर्दा रहेछन् ।

ती वयस्कले सेतो पाइजामा लगाएर गीत गाउँदै कुल्फी बेच्दै गरेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । अनुहार तथा छाला सेतो हुने एक किसिमको रोगसँग पनि उनी जुधिरहेका छन् । सेतो छाला, सेतै कपाल भएका उनको अनुहार भने ठ्याक्कै ट्रम्पसँग मिल्छ ।

पाकिस्तानी गायक तथा गीतका शेहजाद रोयले ती ‘कुल्फीवाला’ले गाउँदै गरेको भिडियो ट्वीटरमा सार्वजनिक गरेपछी केही बेरमै भाइरल बनेको हो । जहाँ उनले ट्रम्पको नक्कली अनुहार भन्दए उनले गाएको गीतको प्रशंसा समेत गरेका थिए । साथै उनको गीतलाई मन पराउर उनलाई सहयोग गर्न चाहेको समेत रोयले बताएका छन् ।

पन्जाबको शाहीवालका बासिन्दा उनलाई गायक रोयले सहयोग गर्ने बाचा गरेका छन् । पछिल्लो समय उनको गायकीलाई देखेर धेरै मानिसले उनलाई सहायता गर्न तत्परता देखाएका छन् । साथै उनको प्रशंसा समेत गरेका छन् ।

कतिपयले उनको भिडियबारे ठट्टा समेत गरेका छन् । एकजनाले लेखेका छन्, ‘डोनल्ड ट्रम्प चुनाव हारेपछि पाकिस्तानमा आइस क्रिम बेच्दै ।’

अर्को एक जनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वराष्ट्रपतिले गाउन सक्छन् भन्ने थाहा थिएन । उनको स्वर मर्मस्पर्शी रहेछ । उनी एक कलाकार हुन् ।’

ती व्यक्तिको उर्दु गायन देखेर एक जनाले लेखेका छन्, ‘ट्रम्प जस्तो देखिने उनको आत्मा भने लोक कलाकार नसिबो लालको जस्तो रहेछ ।’

गायक रोयले उनलाई फेरि भेटेका छन् कि छैनन् भन्ने बारे कुनै विवरण सार्वजनिक भएको छैन । तर सामाजिक सञ्जाल मार्फत धेरैले ती ‘कुल्फीवाला’ लाई भेट्न चाहेको इच्छा प्रकट गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button