उद्बब चेपाङ्ग,असार ६ गते,कुपोषित बालबालिकाका परिवारलाई पोषण सामग्री सहयोग।

एमसिसिएन को सहयोगमा शान्ती नेपालद्वारा गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका ५ बर्ष मुनिका बालबालिका परिवार, अति विपन्न, गर्भवति, सुत्केरी भएको परिवारला लाई पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

गजुरी गाउँपालिकामा २ सय १ घरपरिवार र बेनिघाट रोराङ गाउँपालिकाका ४ सय १४ घरपरिवारलाई पोषण सामग्री वितरण गरिएको हो । घरमा खाद्यान्न सकिएको र कोरोना महामारीका कारण ज्याला मजदुरीको सम्भावना पनि नरहेका कारण कुपोषणको जोखिममा रहेका बालबालिका, गर्भवति तथा सुत्केरी महिला, सामाजिक सूरक्षा भत्ताबाट बन्चित असहाय ज्येष्ठ नागरिकका परिवारलाई पोषण सामाग्री वितरण गरिएको शान्ति नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेलले वताउनुभयो ।

गत जेठ २९ गतेबाट शुरु गरेको पोषण सामग्री वितरण र्काक्रम अविरल बर्षाका कारण असार १ गते, ३ र ४ गते अवरुद्ध भई ५ गते सम्पन्न भएको थियो । कुपोषणमा परेका ५ बर्ष मुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने उद्देश्यले पोषण सामग्री वितरण गरिएको हो ।

५ बर्षमुनिका कुपोषित बालबालिकाको परिवार ४ सय ५५ घर, गर्भवति भएको परिवार २१ घर, सुत्केरी भएको परिवार ९ घर, अति विपन्न ६९ घरपरिवार, ज्येष्ठ नागरिक ८ परिवार, एकल महिलाको ७ परिवार र ३ अपाङ्गता भएको परिवारलाई पोषण सामग्री सहयोग गरेको हो ।

वितरित पोषण सामग्री अन्तर्गत चामल ३० किलो, दाल दुई किलो, तेल दुई लिटर, चिनी दुइ किलो, नुन दुई किलो, अन्डा एक क्रेट, सर्बोत्तम पिठो तीन किलो र साबुन तिन वटा समाबेश गरिएको थियो । पोषण सामग्री वितरणबाट लाभग्राही परिवारका ५ बर्ष मुनिका बालबालिका ८ सय ३३ जना, ६ देखी ५९ बर्षका १ हजार ८ सय ५३ जना र ६० बर्ष माथिको १ सय २३ जना लाभान्वित भएका छन् । शान्ति नेपालले सामुदायिक पोषण स्वयमसेवक, आमा समुह तथा साुमदायिक संस्थाहरुको सिफारिस र वडाको कार्यालयको स्वीकृतीमा छनौट भएका परिवारहरुलाइ वडाको रोहबरमा बितरण गरेको हो ।

पोषण सामग्री बितरण कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधी, स्वास्थ्य सस्थाका प्रतिनिधि, खाद्द्य अधिकार सन्जाल बेनिघाट रोराङका सम्योजकको उपस्थिती रहेको थियो। शान्ति नेपाल र गाउँपालिकाको साझेदारीमा गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँ पालिकामा १ सय ३४ वटा वृद्दि अनुगमन केन्द्र सञ्चालन गर्दै आईरहेको छ ।

गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका वृद्दि अनुगमन केन्द्रमा प्रत्येक महिना २ हजार ६ सय ४२ जना ५ बर्ष मुनिका बालबालिकाको नियमित तौल अनुगमन भइरहेको छ । वृद्दि अनुगमन गरिएका बालबालिकामध्ये अझै पनि ६ प्रतिशत अति कम तौल, ३ प्रतिशत शिघ्र ख्याउटेपन र २० प्रतिशत बालबालिका कडा पुड्कोपन रहेको छ । त्यस्तै १९ प्रतिशत मध्यम कम तौल, ५ प्रतिशत मध्यम ख्याउटेपन र २५ प्रतिशत मध्यम पुड्कोपन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here