धादिङमा पहिरोमा परी दुई जना बेपत्ता भएका मध्ये एक जना फेला परेका छन्। पहिरोले डोजर पुर्दा असार ४ गते शुक्रवार बेलुकादेखि दुई जना बेपत्ता थिए।
खोजीकार्यको क्रममा डोजर चालक राजु पराजुली भोलिपल्ट फेलापरेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङबेसीको तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका –५ का जोजो तामाङ बेपत्ता भएकाे हो।
पानी परेर खोलामा बाढी आउँदा समेत काम गरिरहेको थियो । माथीबाट बाढीर पहिरो आएर डोजर पुरेर उनिहरु हराएको गाउँबासीको भनाइ छ।
घटना घटेको ५ दिन भैसक्दा पनि बेपत्ता जोजो तामाङको खोजी कार्यमा ढिला -सुस्ति किन? के भन्छन् त प्रहरी कार्यालय हेर्नुहोस भिडियो जस्ताको तस्तै।।।




