क्षितिज,बांके/ दैनिक सयौंको संख्यामा पूर्व-पश्चिम यात्रा गर्ने यात्रुहरु, प्रदेश ५ र ६ का पहाडी जिल्लाहरु बाट रुपडियाह नाकाहुँदै आफ्नो गन्तव्य सम्म पुग्न यात्रुहरु कोहलपुर बसपार्क हुँदै आवत-जावत गर्छन्।

आ-आफ्नो गन्तव्यको क्रममा कोहलपुर बसपार्क भित्र आइपुगेको यात्रुहरु समय अनुसार हतारिरहेका हुन्छन्। विभिन्न उदेश्यले आएका यात्रुको भोक मेटाउन विभिन्न परिकारहरु बसपार्कमा सडक फुटपाथ देखि लिएर आधुनिक होटलहरु सम्म यहाँ सुविधा छ।

समयको अभावका र हतारमा ‌परेका यात्रुकोलागि छिटो पाक्ने र बोकेर हिँडहाल्न मिल्ने खानेकुरा नै उनिहरुको रोजाइमा पर्दछन्।

यस्तै यात्रुहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न प्रकारको पसलहरु छन् बसपार्क वरिपरि। सयौंको संख्यामा खुलेका यस्तै फुटपाथ मध्ये यात्रुहरूको भोक मेटाउने भीडमा छिन् बसपार्कको पिपल बोटमुनि अलि-अलि घाम र पानी छेक्ने रङ्गीन छातामुनि पुरानो बोराभित्र हरियो मकैका घोगा  राखेर बसेकी एक महिला।

करिब ४० डिग्रीको घाममा टाउकोमा बाँधेका सलको एकापट्टि छेउले पसिना पुछ्दै  फु-फु गर्दै ठूला-ठूला सुकेका मुढा जोडेर बालेको आगोमा मकै पोल्दै छिन्।

पाकेको ७-८ वटा मकै पुरानो क्रेट माथि ‌‌‌‌‌‌‌‌‌राखिएको स्टिलको थालमा राखेर ‌‌‌‌‌‌‌‌‌गा्हकलाई पर्खिन्छिन्। करिब आधा घण्टाको पर्खाइपछि रित्तिएको थाल भर्न फेरि जोडिएको मुढामा राप बढाउन फु-फु सुरु हुन्छ। यसरी नै आठ‌ वर्ष बिताई सकेकी छिन् भविसरा सुनारले।

पारिवारिक आर्थिक अभावको कारण घरखर्च चलाउन मकै पोलेर बेच्न थालेकी उनी कोहलपुर १४ हल्दारपरको हुन्।आजभन्दा १६ वर्षअघि विवाहवारी गरेकी वर्दियाकी भविसराको १ छोरा र २ छोरी ‌‌छ।

छोराले पढाइ छोडिसके दुई छोरी भने पढ्दैछिन्। कोरोनाले त्यति व्यापार पनि भएन घर चलाउनै गार्हो भो। जेठी छोरीलाई यसपालि सरकारी स्कुलमा भर्ना गरिदिऐं कान्छी चाहिँ बोर्डिङ्गमै छ, अर्को वर्ष त्यसलाई पनि निकालेर सरकारी स्कूलमै नाम लेखाई दिनुपर्ला उनले भने।

उनी पाँच किलोमिटर टाढा हल्दारपुर बाट मकै पोलेर बेच्न बसपार्क प्रत्येक दिन साँझ बिहान ओहोरदोहोर गर्छिन्।

ठूलो श्वास लिंदै उनले भनिन् ‘गारो छ गाह्रो के गर्ने ! सो कोसा ‌‌‌मकै बेच्दा बढी आए चार पाँच सय हो।‌ त्यही पनि बिक्री नभए अर्को दिनलाई बस्छ। त्यसैले खर्च पनि चलाउनुपर्छ।’

हवल्दारपुरमा एउटा कोठा भाडामा लिएर बसेका उनी भन्छिन् ‘श्रीमानले सहाउता गरुन्जेल स्कुलको फी तिर्न सजिलाे हुन्थ्यो अहिले त त्यहि पनि छैन।’

पाँच वर्ष अघि उनको श्रीमान काम गर्न विदेश गएका थिए दुई वर्ष बिताएर नेपाल फर्के।

श्रीमानको कुरा निस्कने बित्तिकै टोलाएर चिम्टा (आगोको‌ कोइला टिप्ने औजार) भुइँमा चलाउँदै श्रीमान संग भएको अन्तिम कुराकानी बताईन् ‘काठमाडौंमा आछु मसँग बसभाडा छैन पैसा हल्लिनु’ भनेको थियो। बिहानै पैसा छोडेर म मकै खोज्न हिडे।

छोराले भिडियो कल गरिरहन्थे, बिहान फोन गरेछ फोन लागेन भनिन्। मैले पनि घर आएर फोन गरें फाेन नै लागेन। त्यसपछि त सम्पर्कै भएन आजसम्म पनि न त छोरा छोरी न त मसँग कसैसँग पनि सम्पर्क छैन उहाँको।

मन्द हाँसो र मलिन स्वरमा उनले भनिन् ‘के भन्ने हो र दुःख दिने मान्छेलाई आफ्नो दुःख गरेर खानु छ। अब भेटे पनि मलाई केहि सरोकार छैन छोरा छोरीलाई बिहे खर्च दिए हुन्थ्यो अरु के भन्ने होर! आफू बिरामी परेको बेला चाहिँ साह्रै गाह्रो हुन्छ,‌‌‌‌धान्नै पर्याे।

भिडियो हेर्नु नछुटाउनुहाेस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here