काेहलपुर, बाँकेमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज खोप लगाउन शुरु गरिएको छ ।
कोभिड विरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जिल्लाका ८१ वटै वडाका स्वास्थ्य संस्थाबाट लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।
गत साउन ३ देखि १२ गतेसम्म खोप लगाएकालाई भदौ ७ र ८ गते दोस्रो डोज लगाउने कार्यक्रम अन्तर्गत् खोप लगाउन सुरु गरिएको हो । यो अवधिमा ५५ वर्ष र त्यस भन्दा माथिको उमेर समूहका पहिलो डोज लगाउन बाँकी नागरिक, प्राध्यापक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक–सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी ब्यक्तिहरुलाई पहिलो मात्रा खोप लगाइएको थियो।
बाँकेमा भेरोसेलको पहिलो डोज ३३ हजार ३ सय ३३ जनाले लगाएका थिए ।
यसै अन्तर्गत आज काेहलपुर नगरसभा भवनमा वडा नम्बर ११ काे पहिलाे भेराेसेल डाेज लगाएकाहरुलाई दाेस्राे डाेजकाे खाेप कार्यक्रम सम्पन्न भएको छ।
आज सम्पन्न भएको खाेप कार्यक्रममा ४२८ जना पुरुष तथा ३९४ जना महिला गरि जम्मा ८२२ जनाले खाेप लगाएकाे यसै वडाका स्वास्थचाैकी प्रमुख प्रकास हमालले वताए। 
खाेपकाे लागि बिहान ९ वजे देखिनै वृद्ध-वृद्धा सहित पानी पर्दा पनि तछाड-मछाड गर्दै पहिलो पालाेकाे लागि आतुरी गरिरहेको देखिन्थे ।
पूरा भिडियो हेर्नुस्




