क्षितिज /काेराेनाले गर्दा महिनाैं देखि कक्षा १२ काे परिक्षा स्थगित छ। परिक्षा दिन भाैतिकरुपमै उपस्थिति हुदा झन् संक्रमण फैलिन सक्ने भएकाले परीक्षा वाेर्डले १२ कक्षाकाे परीक्षा सन्चालन स्थगित गरेका हुन्।
परिक्षा सन्चालनकाे लागि नेपाल सरकारले तयारी स्वरुप १८ बर्ष पुगेका र कक्षा १२ काे प्रवेश पत्र लिईसकेका विध्यार्थीहरुका लागि काेराेना विरुद्धको खाेप देशै भरि लगाई राखेका छन्।
विभिन्न दातृ राष्ट्रहरुले खाेप सहायता गरिरहेकाले नागरिकहरूले खाेप लगाउने अवसर पाईरहेका छन्।
यसै अन्तर्गत बांके जिल्लाकाे काेहलपुर नगरपालिका वडा नम्बर ११ काे बागेश्वरी वहुमुखी क्याम्पसमा पनि कक्षा १२ काे परिक्षा दिन तयारी गरेका र प्रवेश पत्र लिई सकेका विध्यार्थीहरुले काेराेना विरुद्धको पहिलो खाेप लगाएका छन्।
जापान सरकारवाट सहायता गरेकाे जापानीज स्ट्राजेनिका खाेप १९५ जनाले लगाएका छन् । दाेस्राे डाेज भने पहिलो डाेज लगाएकाे चार हप्ता देखि नाै हप्ताको बीचमा लगाउनु पर्ने शमशेरगन्ज स्वास्थ्य चाैकीका हेल्थ असिस्टेन्ट अमृत कुमार रानाले बताए।





