राजनीतिक दलको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्छ भन्ने बहस विगतदेखि नै चलिरहेको छ। हाल सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चटारोमा छ । महाधिवेशनका लागि वडा तहमा भइरहेको अधिवेशनमा वडाको नेतृत्व युवाहरुले लिन थालेका छन् ।

दैलेखको दुल्लु नगरपालिका ३ नेपाकी स्वस्तिका महत उमेरले १९ वर्षमा लागिन् । उनी हालै नेपाली कांग्रेसको वडा अधिवेशनबाट सभापति बनेकी छिन् । स्वस्तिका कांग्रेस दैलेखका नेता भुपेन्द्रजंग महतको छोरी हुन् । नेपाली कांग्रेस दैलेखको उप-सभापति समेत रहेका भुपेन्द्रजंग महतको दुई वर्षअघि निधन भएको थियो ।

बुवाको निधनपछि छोरी स्वस्तिका राजनीतिमा होमिएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here