‘समाचार पढेपछि टिठ लागेर आयाे’ (भिडियो सहित)
दृष्टिविहिन परिवार घर बनेपछि दंग

क्षितिज /’दृष्टिविहिन परिवारकाे बारेमा कर्णाली 24 मा प्रकाशित समाचार र भिडियो हेरेपछि साह्रै टिठ लागेर आयो’ कैलाली टिकापुरका मदन जंग शाहले भने।
शारीरिक रुपमा दुवै जनाले आँखा नदेख्ने दृष्टिविहीन जाेडि हुन् लक्षिराम थारु र उनकाे श्रीमती प्रमिला चाैधरी। ३५ बर्षिय लक्षिराम र २८ बर्षिय प्रमिला प्राय: मागेरै गुजारा चलाउने गर्नेछन्। यी परिवार ३६ हजार रुपैयाँ नभएको कारण बिगत १ बर्ष देखि प्लास्टिकले बारेको झुपडीमा बस्दै आएका थिए।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर १ मा बसाेबास गर्दै आएका उनिहरुले मागेर गुजारा चलाउै सरकारले दिने भत्ता बचत गरि ईट्टा जडित दुई काेठाकाे घर बनाए तर छाउनकाे लागि जस्ता पाता किन्ने पैसा नहुंदा विगत ६ महिना देखि बन्दै गरेकाे घर निर्माण अधुरै थिए।
प्लाष्टिकाे झुपडीमा वरिपरि बढेको झाडिले गर्दा सर्पको डर र पानी पर्दा सवै चुहिने भएकोले सार्हैन कष्टकर जीवन विताउनु परेको प्रमिलाले सुनाइन्।
आफ्नो क्षमताले भ्याए सम्म घर बनाएकाे तर आर्थिक समस्याकाे कारण घर निर्माण गर्नु नसकेको यी परिवारले वताए।
बर्खे झरि लगातार परिरहने र झुपडीकाे प्लास्टिले नधान्दा पानी चुहेर समस्यामा परेकाे देख्दा छाउन मात्र बांकी रहेको घरमा जस्ता पाता किन्न र मिस्तिरीलाई ज्याला समेत गर्दा ३६ हजार पैसा जुटाउनकाे लागि वडा तथा गाउँपालिका सम्म पहल गर्दा पनि कुनै प्रतिकृया नआए पछि स्थानीय युवाहरूले सहयाेगकाे लागि पहल गरेकाे राजेन्द्र बिकले बताए।
आफू अत्यन्तै अफ्ठ्याराेमा परेकाेले वडा नंम्बर १ काे वडा अध्यक्ष प्रताप कुमार गाैतम संग सहयोगकाे अनुरोध गर्दा वडाले नसक्ने भनी गाउँपालीकामा सिफारिस गरिदिएकाे थियो।
गाउँपालिका प्रमुख मुक्तिनाथ यादवले ६-७ महिना पछि आवास कार्यक्रम अन्तरगत सहायता गराैला भन्ने माैखिक जवाफले घर बनाई सुखसंग बसुंला भन्ने सपना अधुरै रहनेभाे भन्ने आफुलाई लागेको लक्षिराम बताउँछन् ।
‘मैले त साेचेकै थिएन यसरी नचिनेको मानिसले हाम्रो घर बनाउन सहयोग गर्छन् भनेर। धेरै -धेरै धन्यवाद भन्न चहान्छु हाम्रो तर्फबाट सहयोग पुर्याउनेहरुलाई’ लक्षिराम र प्रमिलाले दाेहाेर्याई-दाेहाेर्याई भने।
‘याे परिवारको लागि कम्तिमा पनि पानी परेको बेलामा ओत लाग्ने ठाउँ हाेस् भनेर मैले सकेको जति सहायता गरें।’ सहयोग तथा लक्षिराम र प्रमिलालाई उनिहरुकै घरमा भेट गर्न आएका शाहले भने।
दृष्टिविहिन परिवार लक्षिराम र प्रमिलाकाे अधुरै रहेकाे घर निर्माणकाे लागि मदन जंग शाह, दिव्य खनाल, आशिष् विक र ईश्रु माया चाैधरी लगाएतका सहयाेगी व्यक्तिहरुले नगद सहयाेग गरेका थिए। सहयाेग रकम जम्मा रु. ४२ हजार भएको थियोे र त्यसैकाे मध्य बाट जस्ता पाता किनेर छानाे छाईदिएकाे र बचेको रकमले यही परिवाकाे लागि सहाता पुर्याउने राजेन्द्र विकले बताए।
गत शनिबार छाउनकाे लागि आवश्यक सम्पूर्ण सरसामानहरु जुटाएर छानाे छाई यी परिवारलाई घर हस्तान्तरण गरेकोे हाे।
भिडियो पनि हेर्नुस्




