नेपालमा चलेका सेलीब्रेटीहरु मध्ये बिबाह कहिले गर्ने भनेर महानायक राजेश हमाललाई सबै भन्दा बढी प्रश्न गर्ने गरिन्थ्यो । उनले मधु संग बिबाह गरेपछि अब छोरा छोरी कहिले भन्ने प्रश्न आउन थालेको छ ।
त्यस्तै सेलिब्रेटी मध्ये गायिका इन्दिरा जोशी लाई पनि बिबाह र ब्वाइफ्रेण्डको बारेमा सधै जसो प्रश्न सोध्ने गरिएको थियो । तर उनले कसैलाई थाहै नदिई सुटुक्क इन्गेजमेन्ट गरेकी छन् ।
आफ्नो दमदार आवाजका साथ एकदमै सेक्सी र सुन्दर देखिने इन्दिराले क्यापटेन संग बिबाह गरेकी हुन् ।
उनले क्याप्टेन विवेक थापासँग इन्गेजमेन्ट गरेको कुरा बाहिर आएको छ । यसको खुलासा स्यंम बिबेकले नै गरेका छन् ।
उनले इन्दिराको हातमा औठी लगाई दिएको भिडियो टिकटकमा सार्वजनिक गरे लगत्तै दुबै जनाको सम्बन्ध बारे दर्शक तथा स्रोताले थाहा पाएका छन् ।
खुम्बुमा पुगेर क्याप्टेन विवेकले नेपालकी शाकिरा अर्थात ईन्दिरालाई औँठी लगाइदिएका हुन् । विवेकले गायिका जोशीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।





