नेपालगन्ज । कोहलपुरस्थित दिप ज्योती सेकेन्डरीका प्रिन्सपल दमन पाण्डे पक्राउ परेका छन् ।

उनले आफ्नै छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । एक साताअघि बैजानाथ गाउँपालिका गाभरकी एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिईन ।

१७ वर्षीया शाहको मोबाईलमा प्रिन्सपल पाण्डेले पठाएको अश्लिल एसएमएस भेटिएको छ । कोहलपुर प्रहरीले आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।

स्थानीयहरु शुक्रबार बिद्यालयमै पुगेर दुंगामुढा गरेका छन् । प्रहरीले पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here