बांके/ काेहलपुर स्थित हवलदारपुरमा नेपालगन्ज तर्फ जाँदै गरेकाे ग २१ प ५४९ नम्बरको माेटरसाईकल र भे १ ह १८२ नम्बरको अटो एकआपसमा ठक्कर खांदा अटो चालक गम्भीर घाइते भएको छ। 

नेपालगन्ज तर्फ जाँदै गरेकाे अटो काेहलपुर तर्फ दायाँ माेहड्ने क्रममा ठक्कर खांदा उक्त दुर्घटना हुन पुगेकाे हाे।

दुर्घटनामा घाइते भएका अटो चालकलाई स्थानीय र प्रहरीको सहयोगमा काेहलपुर स्थित काेहलपुर मेडिकल कलेजमा उपचारको लागि लगिएको छ।

बाईक चालक भने सामान्य अवस्थामा रहेको र दुर्घटनामा परेकाले उक्त बाईक पनि सामान्य  नै रहेको बाईक चालकले बताए।

भिडियो पनि हेर्नुहाेस

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here