बर्दिया/ लगातार परिरहेको बेमौसमी बर्षाकाे कारण कर्णाली नदिमा ठुलो बाढी आएको छ। बाढीकाे कारण नदिकाे वहाव बढ्दा बर्दियाकाे राजापुर नगरपालिका र गेरुवा गाउँपालिका काे बस्ती भित्र कर्णाली नदि पसेकाे हाे।   

नदि बस्ती भित्र पसेपछि १२ सय घर परिवार बाढी वाट प्रभावित बनेको राजापुर नगरपालिकाकाे अधिकृत धर्मराज न्याैपानेले बताए।   

कर्णाली नदि किनारकाे वांध नाघेर बस्ती भित्र पसेको नदिले भित्र्याउन ठिकपारेकाे सयौं बीघाकाे धान नस्ट पार्नुका साथै घरहरू भत्केको कारण सयौं परिवार विस्थापित हुन परेको राजापुर नगरपालिकाकाे अधिकृत न्याैपानेले जानकारी दिए।

उनले भने ‘लगातार पानी परिरहेको छ अझै यकिन डाटा आउन बांकिनै छ’। वाढी प्रभावित क्षेत्रकाे अवलोकन गर्न अधिकृत न्याैपाने, पुर्व भुमि सुधार मन्त्री डा.गाेपाल दहित लगायतका राजनीतिक दलका नेताहरुकाे उपस्थित थियो।

बाढीपीडितलाई खाना खुवाउने कार्यक्रम भैरहेको र तत्काल राहतको व्यवस्थापन गर्ने पुर्व भुमि सुधार मन्त्री दहितले व्यक्त गरे।

भिडियो तथा तस्बिरहरू: माेहन खत्री

भिडियो पनि हेर्नुहाेस

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here