बांके, ख्रीष्टमस तथा नयाँ बर्ष सन् २०२२ काे अवसरमा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार बांके इसाई समाज लुम्बिनी प्रदेश द्रारा आयाेजित शुभकामना आदन प्रदान कार्यक्रम आन्नद ए जी चर्च काेहलपुर ६ आन्नदनगरमा उक्त कार्यक्रम सम्पन्न भएको हाे। 

कार्यक्रममा अध्यक्षता गरेका आन्नद ए जी चर्चको रेभ रेन पास्टर धन बहादुर पाण्डेले ध्यानाकर्षण ज्ञापनपत्र प्रस्तुत गर्दै इसाई लगाएत अल्पसंख्यक धार्मिक समुदायलाई संविधानमा धर्म प्रचार गर्नु दण्डित हुनेछ भन्ने वाक्यांश हटाउनुपर्ने।

इसाईहरुलाई समाधि स्थल उपलब्ध गराउनु पर्ने जस्ता वुंदाहरु समेटिएको ज्ञापनपत्र सम्वन्धित निकायमा बुझाएको पास्टर पाण्डेले बताए । 

साे कार्यक्रममा अन्तरधार्मीक तथा सामाजिक सद्भाव मञ्चका संस्थापक अध्यक्ष हिन्दु धर्म गुरु चन्द्रनाथ याेगी महाराजाले भने ‘हिन्दु बनाउनकाे लागि ख्रीष्टियनहरुलाई गाली गर्नुपर्छ भन्ने छैन’, कट्रर पन्थी हिन्दुहरुले मुस्लिम र इसाई लाई गाली गर्ने कुरा चिन्ताको बिषय बन्दै गएको छ’  याेगीले इसाईको लागि स्थानीय सरकारले बजेटै हालेर समाधि स्थल उपलब्ध गराउन पर्ने बताए ।

मन्तव्यकाे क्रममा मुस्लिम माैलाना अब्दुल जब्बर मञ्जरीले कसैले आफ्नो इच्छा अनुसार कुनै धर्म अपनाउंछ भने कानुनले राेक्न पाउंदैन, संविधानमा यसको व्यवस्था हुनैपर्छ भनी जाेड दिए।

कार्यक्रमकाे अतिथि काेहलपुर नगरपालिकाको मेयर लुट बहादुर रावलले उपयुक्त जमिन पाउंछ भने समाधि स्थलको लागि  सिफारिस र निर्णय गर्न नगरपालिकाले पहल गर्ने बताउंदै ख्रीष्टमसकाे शुभकामना व्यक्त गरे।

भिडियो पनि हेर्नुस्

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here