नेपालगन्ज — बाँकेको नेपालगन्जस्थित जमुनाह नाकामा शनिबार अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १४ जना महिला छन् ।

भारतबाट आएका नेपालीको जाँच गर्दा ४६ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर ओलीले बताए । उनले नेपालगन्ज नाकामा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको बताए ।

शुक्रबार ३७ र बिहीबार २७ जनामा कोरोना पुष्टि भएको थियो । भारतमा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएकोले जमुनाह नाकामा फेला परेका संक्रमितमा पनि ओमिक्रोन भेरियन्ट भएको अनुमान जिल्ला स्वास्थ्य कार्यालय बाँकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here