‘पत्रकारितामा समस्या आउन थाल्यो , मिडियामा काम गर्नेहरुकाे अभाव र छाडा तरिकाले आचारसंहिता तथा सामान्य पत्रकारिता समेत नजानेकाहरुकाे संख्या ह्वात्तै बढे’ शुक्रबारदेखि सुरु भएको ५ दिने खाेज पत्रकारिता तालिमको उद्घाटनमा बाेल्दै पत्रकार महासंघ बांके शाखाका अध्यक्ष दामोदर भण्डारीले उक्त भनाइ राखेका हुन्।
उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष भण्डारीले पत्रकारहरूको क्षमता अभिवृद्धिकाे लागि तालिम आयोजना गरेको जानकारी गराए।
पहिलो आधारभूत पत्रकारिता तालिम बाट प्रभावित भई नेपालगन्ज उपमहानगरपालिकाले खाेज पत्रकारिता तालिमको लागि वजेट विनियोजन गरेको भण्डारीले बताए। तालिमको विषयमा सामान्य सुचना मात्रै गरेको र व्यक्तिगत रुपमा विभिन्न मिडिया हाउसहरुलाई पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहभागी हुन अवसर दिएकाे उनले व्यक्त गरे।
उनी भन्छन् ‘ हामीले जुन वर्गलाई तालिम दिन खाेजेकाहाै त्याे वर्गले तालिम लिन नपाउने भएको कारणले व्यक्तिगत रुपमै मिडिया र पत्रकारहरुलाई अवसरकाे लागि छनाेट गर्याैं’। तालिममा सहभागीहरुलाई उत्साह तथा आयाेजकलाई सुझाव दिंदै बांके शाखाका प्रेस चाैतारीका अध्यक्ष दुर्गा राेकाय,प्रेस युनियनका अर्जुन ओली, प्रेस सेन्टरका डक्त धिताल लगाएतका अतिथिहरुले आफ्ना भनाइहरु राखेका थिए।
उक्त तालिममा प्रशिक्षकहरु खाेज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा र नेपाल लाइभ डटकम का सम्पादक रामेश्वर बाेहाेरा हुन्। मारुती नन्दन हाेटल, सेतु बिक चाेक, नेपालगन्जमा सन्चालन भइरहेको उक्त तालिम आउंदाे मंगलबार सकिने आयाेजकले जानकारी गराए। भिडियो हेर्नुस्





