कोहलपुर / शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा कोहलपुर नगरपालिका वडा न. ११ को मतदान केन्द्र ज्ञानजोती मा.वि बगिया मा ६५६० जना मतदान रहेको उक्त ठाउँमा बिहान ७ देखि ११ बजेसम्म १७६२ वटा मत खसेको वडा न ११ निर्वाचन अधिकृत सुनिता आचार्यले जानकारी दिएकी छिन । अहिलेसम्म शान्तिपुर्ण र उत्साहजनक वातावरणमा मतदान भइरहेको छ’, उनले भनिन्।

कोहलपुर नगरपालिका वडा न ११ मा वडाध्यक्ष पदका लागि प्रत्यासित उम्मेदवारहरु
नेपाली कांग्रेसको तर्फबाट मन प्रसाद आचार्य नेकपा एमालेको तर्फबाट कल्पना शर्मा
नेकपा (माओवादी केन्द्रको) तर्फबाट धर्मसिंह कार्की
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट भानुराज उपाध्यय
नेपाल मजदुर किसान पार्टीको तर्फबाट हिरा बहादुर शाही
नेकपा (माओवादी समाजवादी ) को तर्फबाट विमला सुनार
जसपा नेपालको तर्फबाट दल बहादुर गाइन
राप्रपा नेपालको तर्फबाट आसा राम थारुहरुको उम्मेदवारी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here