सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा गोली चलेको छ। धनकौल गाउँपालिकाको पशु सेवा केन्द्र मतदान स्थलमा नेपाली कांग्रेस र एमालेबीच मतदान प्रतिनिधिको विषयमा विवाद उत्कर्षमा पुगेपछि झडप भएको बताइएको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही अश्रुसेल र छ राउन्ड हवाई फायर गरेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेपछि दुवैतर्फका मतदान प्रतिनिधि तथा मतदाताहरु पनि फरार भएका छन् ।
केही बेरदेखि मतदान स्थगित रहेको र व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रवीण पोखरेलले बताउनुभयो । अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।





