काठमाडौँ — रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।
चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा २ को भेडियाही टोलीबाट मपेटिका लुटिएको प्रहरीले जनाएको छ।
स्थानीय पत्रकार अभिमन्यु पटेलले मतपेटिका लुटेर भाग्दै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरु मतपेटिका लुटेर खेतैखेत भागेको पत्रकार पटेलले उल्लेख गरेका छन्।
यस विषमा थप जानकारी आउन बाँकी छ ।





