यमु कडेल,
कोहलपुर / शनिबार बाट सुरु हुँदै आएको मतगणनामा कोहलपुर नगरपालिका वडा न. १५ मा नेपाली काङ्ग्रेसको पुरै प्यानल विजय भएको छ ।
नेपाली कांग्रेसका दिपेन्द्र कुमार चौधरी वडाध्यक्ष पदमा , सदस्यमा सन्त कुमार थारु , महिला सदस्यमा अनिता कुमारी बुढाक्षेत्री , दलित महिला सदस्यमा प्रिया बस्फोर सहित खुल्ला सदस्यको प्यानलले विजय हासिल गरेका छन ।
निर्वाचित चौधरीले ११९८ मत प्राप्त गरि विजय हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमाले तर्फका मोहन थारुले ६५६ मत प्राप्त गरि पराजित भएका छन।
अब कोहलपुर २ को मतगणना जारी हुने निर्वाचित अधिकृत तिर्थ राज भट्टले जानकारी गराए।





