पाँचथर । फिदिम ४ का लोकप्रिय निर्वतमान वडाध्यक्ष प्रकाश गुरुङलाई राप्रपाका उम्मेदवारले नराम्ररी पराजित गरेका छन् ।

पाँचदलीय गठबन्धनका तर्फका उम्मेदवार  फिदिम – ४ का निवर्तमान अध्यक्ष प्रकाश गुरुङलाई एमालेले सघाएको राप्रपाका उम्मेदवार उपेन्द्र लावतीले पराजित गरेका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी भएका थिए । यस पटक लावतीले गुरुङलाई जम्मा ४३ मतले पराजित गरे । वडामा जम्मा १६१८ मत खसेको थियो । त्यसमध्येलावतीले ७६५ मत प्राप्त गर्दा गुरुङले ७२२ मत प्राप्त गरे ।

लावती तिनै हुन् जो २०७४ सालमा उनै गुरुङसंग पराजित भएका थिए । गुरुङ पाँचथरकै लोकप्रिय वडाध्यक्षमा भन्ने गरिएको थियो । उनले कोरोना महामारीका बेलाका साथै फिदिम बासीको आपतवितदमा प्रत्यक्ष सारथी बन्ने गरेका थिए ।

उनले आगलागी हुँदा होस् पानीको आभावमा भाेगिरहेका फिदिमबासीको घर-घरमा आफै दमकल र ट्याङ्करसँग पुग्ने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here