मुगु जिल्लाकाे छायानाथ रारा नगरपालिकाकाे १४ वटै वडाकाे मतगणना सकिएको छ।

अन्तिम वडा नम्बर ८ काे नतिजा आएसंगै  मेयर उम्मेदवार निर्वाचित घाेषणा गरेकाे हाे। ४५९९ मत ल्याएर नेपाली काङ्ग्रेसको बिष्णु कुमार भाम मेयरमा विजयी भएको छ। उनको निकट प्रतिद्वन्द्वी एमालेका डम्बर रावलले ३८८० मत प्राप्त गरेको थियो ।

उपमेयरमा पनि काङ्ग्रेसकै एश्वर्य मल्लले विजय हासिल गरिन्। उनलेे ४५१९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी एमालेका हाेमा लामा (बुढा)ले ३७५१ मत ल्याएको हाे। यसै गरि आजनै सकिएको मतगणना अनुसार वडा नम्बर ८ मा काङ्ग्रेसकै कण बहादुर रावल अध्यक्ष मा निर्वाचित भएको हाे। रावलले ३०४ मत ल्याए भने एमाले बाट टिकट नपाएपछि स्वतन्त्र बाट उम्मेदवारी दिएका उनको प्रतिद्वन्द्वी छत्र रावलले २२० मत पाएकाे थियोे । वडा सदस्यमा काङ्ग्रेसकै चन्द्रबहादुर रावलले २५६ उनको प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २४४ ल्याएको हाे।

यस्तै सदस्यमै काङ्ग्रेस संगकाे गठबन्धन गरेका एकीकत समाजवादी बाट दानबहादुर रावलले २०२ मत ल्याएर वडा सदस्यमा विजयी भए भने उनको प्रतिद्वन्द्वी शेरबहादुर रावलले नेकपा माओवादी केन्द्र बाट ४८ मत पाएका थिए।

मतगणनाकाे अन्तिम परिणाम सार्वजनिक भए संगै छायाँनाथ रारा नगरपालिका १,३,५,७ र १४ मा काङ्ग्रेसकाे प्यानल, २, १० , १२ र १३ मा एमालेकाे प्यानल , वडा नम्बर ४ काे अध्यक्षमा एमाले , ६ मा काङ्ग्रेस , ८ र ११ मा एकीकृत समाजवादी  विजय भएको छ।

फाेटाेफिचर 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here