१ भाेट पनि आएन, आफुले हालेको भाेट पनि हरायो

काठमाडौँ — गोरखाको भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले आफूले आफैलाई हालेको मत हराएको बताएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट नपाएका ढकालले आफुले चुनाव चिन्ह ‘खानेपानीका धारा’ मत हालेपनि मतगणना हुँदा एक मत पनि आएको बताए ।

उक्त गाउँपालिकामा १४६९ मत खसेको माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ उक्त गाउँपालिकाको वडाध्यक्ष बनेका छन् ।

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन । अदालत जाने तयारीमा रहेका ढकालले बताए । उनले आफैलाई हालेको मत बदर पनि भएको दाबी गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button