काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. १२ को वडाध्यक्षमा नेपाली काँग्रेसले जित हात पारेको छ भने बाँकी सदस्यहरूमा नेकपा एमाले विजयी भएको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-१२ मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विरेन्द्र कुमार शाह १६६९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वि नेकपा एमालेका टेकबहादुर शाहीले १३५८ मत प्राप्त गरे। नेकपा एमालेको तर्फबाट विजयी महिला सदस्यमा मनिसरा श्रेष्ठले १५३१, दलित महिला सदस्यमा पानसरी बाठाले १४८३, खुल्ला सदस्यमा दोहनप्रसाद थारूले १४९१ र समर बहादुर थापाले १४१४ मत प्राप्त गरेका छन्।
वडा नं. १२ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले १३३२, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ८८०, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले १४०४ मत प्राप्त गरे। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले १४७२, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ५३३ र नेपाली काँग्रेसकी संगीता सुवेदीले १३६६ मत प्राप्त गरेकी छन्।
स्थानिय तह निर्वाचन अन्तर्गत गत शुक्रबार सम्पन्न भएकाे मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. १२ को मतगणना सकिएसँगै वडा नं. ५ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।





